पूजाले फेरि लिइन् २० लाख पारिश्रमिक

प्रकाशित मिति : सोम, साउन २०, २०७६



अभिनेत्री पूजा शर्मा केही समय अघि पारिश्रमिकको विषयलाई लिएर विवादमा तानिएकी थिइन् । उनले चलचित्र ‘पोइ पर्‍यो काले’ मा २० लाख पारिश्रमिक लिएको खबरले मिडियामा राम्रै चर्चा परिचर्चा पाएको थियो ।

यति बेला चलचित्र ‘पोइ पर्‍यो काले’ को सुटिङ सक्काएर ‘म यस्तो गीत गाउँछु २’ को लागी अनुबन्धित भएकी पूजा नयाँ चलचित्रमा अनुबन्धित भएको खबर आएको छ ।

अनुबन्धित भएको खबर सँगै उनले उक्त फिल्मका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएको खुलेको छ । चलचित्र ‘म यस्तो गीत गाउँछु २’को छायांकन सकिएपछि यो चलचित्रको छायांकन सुरु हुनेछ । पूजाको यो बर्ष ‘पोई पर्यो काले, म यस्तो गीत गाउँछु २ र सम्हालिन्छ कहिले मन’ रिलिज हुनेछन् । दार्जिलिङको नयाँ प्रोजेक्ट अर्को बर्ष रिलिज हुने वुझिएको छ ।