ह्वात्तै बढ्यो सुनको मूल्य कति पुग्यो आज ?

प्रकाशित मिति : मङ्ल, मंसिर ३, २०७६



काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ पुनः उकालो लागेको छ । सोमबार २ सय रुपैयाँ घटेको सुनको भाउ आज एकैदिन ४ सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावल ७१ हजार ८ सय तथा सोमबार ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ प्रतितोला ७१ हजार ७ सय रुपैयाँ रहेको छ । आइतबार तेजावी सुन प्रतितोला ७१ हजार ५ सय तथा, सोमबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज सुन बढेसँगै चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।