काठमाण्डौमा आगो बलेपछि तरंगित बन्यो दिल्ली

प्रकाशित मिति : बुध, मंसिर ४, २०७६



काठमाण्डौ – काठमाण्डौमा दिनहुजसो केहि केहि न रुपमा भारतले भर्खरै जारि गरेको नक्शालाई लिएर विरोध प्रदशन भैरहदा उता दिल्लीमा भने नेपाली विरोधले सनसनीपूर्ण पैदा गरिरहेको छ ।

खासगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा रहेका भारतीया सेनालाई आफ्नो भुमि छोड्न दिएको अभिव्यक्ति पछि भारतका सबैजसो ठूला मिडियाले प्राथमिकताका साथ यसलाई स्थान दिएका थिए । यिनै समाचारका आधारमा सामाजिक संजाल फेशबुक तथा युट्युब मा यसलाई भाइरल बनाउने काम भैरहेको छ ।

केही भारतीय मिडियाले कालापानी भारतकै रहेको दावी गर्दै आफू अनुकूलका तर्क समेटेर समाचार समेत तयार पार्न थालेका छन् ।

भारतीयको नजरमा कालापानी उत्तराखण्डको पिथौरागढ जिल्ला पर्छ र यो जिल्ला मुख्यालयबाट १८२ किलोमिटरको दूरीमा पर्दछ ।