अब नेपाली ट्याक्सीमा अनिवार्य एसी हुनुपर्ने

प्रकाशित मिति : बुध, मंसिर ४, २०७६



काठमाण्डौ – यातायात व्यवस्था विभागले पेट्रोल ट्याक्सीको मापदण्ड अपग्रेड गर्न लागेको छ।

मापदण्ड अनुसार अब ल्याइने ट्याक्सी न्यूनतम १२०० सिसीको हुनु पर्ने, एसी हुनुपर्ने लगायतको हुने छ । बिजुली ट्याक्सीको नयाँ मापदण्ड र पेट्रोल ट्याक्सी अपग्रेटेड मापदण्ड सँगै तयार हुने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।

बिजुली ट्याक्सी किन्न चाहनेले पनि मापदण्डको अभावमा किन्न नपाएकोले मापदण्ड बनाउन लागिएको हो र यसै क्रममा पेट्रोल ट्याक्सीको मापदण्ड अपग्रेड गरिने उनले वताए ।