राष्ट्रियतासंग चुनावी सोदावाजी नगर्न कांग्रेसलाइ प्रचण्डले दिए यस्तो चेतावनी !

सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले राजनीतिक प्रोपोगाण्डा फैलाएर भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा हुन नसक्ने तर्क गरे ।

प्रकाशित मिति : सोम, मंसिर ९, २०७६


  • बन्दीपुर टाइम्स सम्वादाता

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियतासँग चुनावी सोदावाजी नगर्न नेपाली काँग्रेसका सभापति देउवालाई चेतावनी दिएका छन् ।

सोमबार चितवनको भरतपुर महानगरपालिका १६ मा आयोजित उपनिर्वाचनको चुनावी सभामा उनले राजनीतिक प्रोपोगाण्डा फैलाएर भौगोलिक अखण्डता, राष्ट्रिय अखण्डता र एकता जस्ता कुरा चुनावी एजेण्डा हुन नसक्ने तर्क गरे ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार पोखरामा भारतले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा नयाँ नक्सा जारी गरेको अभिव्यक्ति दिएपछि प्रचण्डले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गरेका हुन् ।

उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकोमा कुनै द्विविधा नभएको भन्दै भारतसँग कुटनीति ढंगबाट वार्ता गरी जमिन फिर्ता गरिने बताए ।
यस्तै,प्रचण्डले पाँच बर्षको स्थीर सरकार बनेपछि टनेल र रेल मार्ग निर्माण तथा पानीजहाज सञ्चालन गर्ने काम तीव्र गतिमा अघि बढेको बताए ।

चितवन निर्वाचन क्षेत्र नः ३ का सांसदसमेत रहेका नेकपा अध्यक्ष प्रचण्डले चितवनको विकासका लागि अर्बौंको बजेट ल्याइएको बताए । उनले बाँकी साँढे दुई बर्षको अवधिमा चितवनका मूल सडक र मूख्य साहायक सडक कालोपत्रे गरिसक्ने प्रतिवद्धता जनाए ।