केपी ओलीलाई प्रचण्डको नेतृत्व अस्विकार, पूर्व माओवादीमा तरङ्ग

प्रकाशित मिति : मङ्ल, मंसिर १०, २०७६


  • विनोद भट्टराई

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रचण्डको नेतृत्व अस्विकार भएको कुरा घुमाउरो भाषामा वताएका छन्।

केहि दिन अघि मात्रै नेपाल कम्युनिष्ट पार्टीको उच्च नेतृत्वले दुवै पार्टी अध्यक्ष बीच समान वरियता कायम गर्दै दाहाललाई कार्यकारी अधिकार दिने सहमति गरेको थियो । कार्यकारी भूमिका पाएपछि उत्साहित हुदैँ दाहालले पार्टी संचालनलाई तीब्रता दिएका थिए भने पार्टिलाई संचालन गर्ने दाहालको योजना समेत बिभिन्न मिडियामा सार्वजनिक भएको थियो।

कान्तिपुर टेलिभिजनको फायरसाइड कार्यक्रममा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले प्रचण्ड दृतिय बरियताको अध्यक्ष रहेको र सिनियर अध्यक्ष आफू नै रहेको पटक पटक दोहोर्‍याएका मात्रै होइनन् कि यो कुरा पुष्टि गर्न आफ्नो पुरानै स्टाइलमा केहि उदाहरण समेत प्रस्तुत गरे।

जेट विमानमा पनि दुईवटा पाइलट हुने तर एक सिनियर र अर्को जुनियर हुने गरेको प्रसंगमा प्रधानमन्त्रीले भने, ‘जेट विमानमा पनि दुईवटा पाइलट हुन्छन् तर जे भने पनि अलिकति सिनियारीटी र जुनियारीरिटी त हुन्छ नि त।’

प्रचण्ड निक्कै सजिलो मान्छे भएको भन्दै प्रम ओलीले भने ,- “एउटा जंगलमा दुईवटा सिंह बस्न सक्दैनन् भन्छन् हाम्रोमा हुन सक्छ, भयो, हामीले गरेर देखायौँ ।”

पूर्व माओवादी कार्यकर्तामा तरङ्ग

प्रचण्डलाई कार्यकारी अधिकार दिने सहमतिसँगै पूर्व माओवादी कार्यकर्ताले सामाजिक संजालमा व्यापक खुशियाली मनाएका थिए। उनीहरुले प्रचण्डको तस्वीर राख्दै वधाई समेत दिएका थिए ।

केहि समय अघि प्रचण्डले कार्यकर्ता भेटघाट कार्यक्रममा मदन भण्डारी जस्तै आफूलाई पनि अर्को पार्टिबाट आएको भएता पनि पार्टिको नेतृत्व दिनेमा विश्वास व्यक्त गरेका थिए ।

दुई पार्टि मिलेर एउटा पार्टि विस्तारै घुलित हुदैँ गर्दा, आम कार्यकर्तामा विस्तारै आश जाग्दै गर्दा एउटा सहमति हुन्छ । र, सहमति  मसि सुक्न नपाउदै विश्वासमा कुठाराघात हुदाँ सहमतिले खुशी भएका आम कार्यकर्तालाई कस्तो महशुष भयो होला ?