प्रम स्वास्थ्य अपडेट : मल्टी ओर्गान फेल भई थप जटिल हुन सक्ने

प्रकाशित मिति : मङ्ल, मंसिर १०, २०७६



काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप संकट निम्तन सक्ने स्वास्थ्य बिज्ञ स्रोतले वताएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थितिबारे उनी भर्ना भएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाट सेन्टरले विज्ञप्ति जारी गर्दै सघन उपचार कक्षमा राखेर स्वास्थ्य उपचार गरिएको जानकारी दिएको छ ।

एपेन्डिक्स फुटेर पेट दुखेपछि ओलीलाई मंगलबार बिहानै डाक्टरहरूले शल्यक्रिया गरेका थिए। डाक्टर रमेशसिंह भण्डारीको टिमले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण (पेरिटोनिटिस) भएको थियो।

पेटमा भएको संक्रमण रगतमा पुगेको खण्डमा त्यसले थप जोखिम निम्त्याउने चिकित्सकहरूले बताएका छन्। रगतमा संक्रमण पुगेको अवस्थामा त्यसले शरीरका विभिन्न अंगहरू ‘फेल’ हुने सम्म हुनसक्छ।