आस्था राउतलाई एसएसपीको कडा जवाफ, लोकप्रिय् छु भनेर मनपरी गर्न पाइन्छ ? (भिडियोसहित)

प्रकाशित मिति : सोम, माघ ६, २०७६



बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित चेकजाँचका क्रममा प्रहरीले अ’भद्र व्य’वहार गरेको भन्दै राउतले भिडियो लाइभ गरेकी थिइन् ।

उनलाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले उनीविरुद्ध अ’भद्र व्य’व’हार मुद्दामा थप अनुसन्धान गर्न माग गरेको काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले डिउटीमा बसेका प्रहरी जवानमाथि अ’भद्र व्य’वहा’र गरेकाले थप अनुसन्धान गर्न उनलाई पक्रन आदेश दिएको प्रहरी प्रमुख सुवेदीले बताए ।

सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभमा आएकी थिइन्।

ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको छ। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’ लगायत अ’पश’ब्द प्रयोग गरेकी थिइन् । काठमाडौंका प्रहरी प्रमुख उत्तमराज सुवेदीले एक च्यानललाइ अन्तर्वार्ता दिदै भनेका छन्, ‘लोकप्रिय्’ छु भनेर मनपरी गर्न पाइन्न ।