प्रचण्डलाई बाबुरामले हानेको व्यंग्य सामाजिक संजालमा भाइरल बन्दै !!

प्रकाशित मिति : बिहि, माघ ९, २०७६



काठमाडौं– समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिष्ट पाटी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपामा आउन गरेको आग्रहलाई ठाडै अस्विकार गरेका छन् ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रचण्डले भट्टराईसँगै अशोक राईलाई नेकपामा आउन आग्रह गरेका थिए ।

प्रचण्डले भट्टराई, उपेन्द्र यादव र राईलाई स–साना चुल्हो चौकामा बसेर झमेला गर्नुभन्दा नेकपामै आउन आग्रह गरेका थिए ।
तर, भट्टराईले विहिबार ट्वीटर मार्फत जवाफ फर्काउँदै प्रचण्ड आफैं केपी शर्मा ओलीको पिंजडामा फसेको बताएका छन् ।

उनले शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर बुटवाको सिकार गरे झैं खड्गप्रसादको पिंजडामा प्रचण्ड आफैं छटपटाइरहेको बताएका छन् ।

‘पंचतन्त्रको ‘कंकड लुब्ध पान्थ कथा’ मा शिकार गर्न नसक्ने बुढो बाघले हातमा सुनको बाला लिएर वटुवाको शिकार गरे झैं आफैं खड्गप्रसादको पिंजडामा फसेर छट्पटाइरहेका पुष्पकमलले हामीलाई पनि पिंजडामा आउन आग्रह गरेछन् ! आफैं त महादेव उत्तानो टाँगसकस्लाई दिने वर……?,’ भट्टराईले ट्वीटमा भनेका छन् ।