शेर बहादुर देउवालाई ओलीको खतरनाक सरप्राइज

प्रकाशित मिति : शनि, माघ ११, २०७६



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाइ राजनीतिक भागबन्डामा सहभागी गराउन छलफल सुरु गरेका छन् । प्रमुख प्रतिपक्ष दलका सभापति समेत रहेका देउवाको लागि भने यो खतरनाक सरप्राइज बनेको छ।

राष्ट्रियसभामा आफ्नो प्रतिनिधित्व लगभग शुन्य भएर तनाबमा रहेका देउवाले केहि हदसम्म राहतको महसुस पनि गरेका हुन सक्छन। बहु चर्चा र विवादमा रहेका सूचना तथा संचार प्रविधि विधेक, एमसिसि आदि जस्ता विधेक पारित गराउनको लागि सत्ता पक्षले प्रतिपक्षलाइ यस्तो अफर पनि गरेको हुन सक्ने राजनीति वृत्तमा चर्चा छ।

सात वटै विश्वविद्यालयका पदाधिकारी भागवण्डामा नियुक्त गरि यसको सुरुवात गरिने बालुवाटार निकट स्रोतको दावी छ।