कस्तो रहनेछ आजको देशभरको मौसम ?

प्रकाशित मिति : आइत, माघ १२, २०७६



काठमाडाैं – नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा उच्च हिमाली भेगका हल्का देखी मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्नु हुन महाशाखाले सर्वसाधारणलाई अनुरोध छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

१० गते आइयाबार

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको सम्भावना रहेको छ।

रातीः देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

११ गते सोमबार

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

१२ गते मंगलवार

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातीः देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।