कांग्रेसले सच्यायो समानुपातिकका नामावली, चार जनाको नाम संशोधन

२० पुस, काठमाडौं । प्रदेशसभातर्फ समानुपातिकको नाम नियमअनुसार नपठाएको नेपाली कांग्रेसले निर्वाचन आयोगको पत्राचार पछि नामावली सच्याएको छ ।
कांग्रेसले समानुपातिक सांसदको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको हो । निर्वाचन आयोगले नामावली संशोधन गरेर पठाउन पत्राचार गरेपछि कांग्रेसले संशोधित नामावली बुझाएको छ ।
प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको नेपाली कांग्रेसले जनाएको छ ।
प्रदेश १ मा सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम पेश गरिएको छ । क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएको थियो ।
प्रदेश १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
यसैगरी प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।
यस्तै प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।
क्रम संख्या नमिलेको र समानुपातिक क्लस्टर नमिलेको पाइएपछि निर्वाचन आयोगले पुस २० गतेसम्म संशोधित नामावली सच्याउन कांग्रेससहित ६ राजनीतिक दललाई पत्राचार गरेको थियो ।
नेपाली कांग्रेससहित राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको थियो ।

मङ्लबार, फाल्गुन ७, २०७५

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

काठमाडौँ, फागुन ३- संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारका

चितवन, फागुन १- नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी

काठमाडौं, फागुन १- सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १००

चितवन, फागुन ८- सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सात

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्यवन र

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४

चितवन, फागुन ७– नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले

चितवन,माघ ७- चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले

चितवन, फागुन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले २०४७ साल

काठमाडौं फागुन, ६- गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका