दुबई वाटर क्यानलको रोचक तथ्य ( फोटो फिचर )

बामदेव पोख्रेल/युएई दुबई- सन् २०१६ को नोभेम्बर ९ मा उद्घाटन भएको र दुबईको बजार केन्द्र, चार होटेल, ४५० रेस्टुराँ, उच्चस्तरीय हाउजिङ भएर बग्ने उक्त क्यानलमा पैदल तथा साइकल मार्ग पनि छन् । यस क्यानलको चौडाइ ८० देखि १२० मिटरसम्मको छ र यो छ मिटर गहिराइको छ । आठ मिटर अग्लो पुल भएर बग्ने गरी यस क्यानलको संरचना तयार गरिएको छ । यस क्यानलले करिब ८० हजार वर्गमिटर क्षेत्र ओगटेको छ र यसले निजी जहाज तथा डुंगालाई व्यवसाय दिएको छ।