चितवनको सप्तगण्डकी क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र (क्यूएए)

चितवन, पुस २१– विश्वविद्यालय अनुदान आयोगले चितवनको सप्तगण्डकी बहुमुखी क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण पत्र (क्यूएए) प्रदान गरेको छ । विश्वविधालय अनुदान आयोगले पुस १९ गते आयोजित कार्यक्रम मार्फत क्याम्पसलाई प्रमाण पत्र प्रदान गरेको हो । क्यूएए पा्रप्त भएसँगै क्याम्पस अन्तर्रा्ष्ट्रियस्तरको मान्यतामा सूचीकृत भएको  क्याम्पसमा पत्रकार समेलनको आयोजना गरी जानकारी दिइएको छ । नेपालभरका आठ सय भन्दा बढी सामुदायिक क्याम्पस छन् । देशभरवाट १९ वटा शौक्षिक प्रतिष्ठानले क्यूएए प्राप्त गरेका थिए । सप्तगण्डकी वहुमुखी क्याम्पस क्यूएए पाउने १८ औं शौक्षिक प्रतिष्ठान हो । विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई सन् २००७ देखि क्यूएए सर्टिफाईट गर्न शुरु गरेको हो । अन्तराष्ट्रिय विशेषज्ञ समेतको टोलीबाट पटक–पटक क्याम्पसको विद्यामान गुणस्तरको अवस्था अध्ययन पछि मात्र क्याम्पसको क्यूएए सर्टि्फिकेट प्रदान हुने क्याम्पस प्रमुख खेमनारायण उपाध्यायले जानकारी दिए । क्याम्पसको भौतिक अवस्था, पाठ्यक्रम, क्याम्पसले प्रर्दान गरेको सेवा तथा सुविधाहरु, अध्ययन÷अनुसन्धान पद्धति, स्तरीयता लगायत बिषयहरुलाई मापदण्ड बनाएर अनुगमन गरिएको उपाध्यायले बताए । आयोगले दिएको प्रमाणिकरण ५ वर्ष सम्मको लागि हुनेछ, भने आयोगबाट नियमित गुणस्तर जाँच गरिने छ ।