भरतपुर महानगरको नगरसभा आजदेखी सुरू,प्रचण्डले गरे उद्घाटन

चितवन,पुस २१-

भरतपुर महानगरपालिकाको प्रथम नगरसभा आज (शुक्रवार) देखी सुरु भएको छ । नगरसभाको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले गरेका छन् ।तीन अर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको नगरसभाले विशेष गरी पूर्वाधार निर्माण, कृषि तथा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । विनियोजित वजेटमा पूर्वाधार विकास क्षेत्र तर्फ १ अर्व ३४ करोड ४ लाख ६८ हजार,बतावरण तथा विपद व्यवस्थापन तर्फ १३ करोड ८७ लाख ५० हजार, सामाजिक विकास तर्फ ६० करोड २७ लाख २५ हजार,आर्थिक विकास तर्फ ५ करोड ८१ लाख १६ हजार,प्रशासनिक क्षेत्र तर्फ ४१ करोड ४९ लाख ४१ हजार र सामाजिक सुरक्षा भत्ता तर्फ ४५ करोड रकम विनियोजन गरिएको छ ।परिषद्ले स्थानीय तहको संवैधानिक अवधारणा अनुसार नीति, कार्यक्रम तथा कानुन निर्माण गर्ने छ । महानगरमा चक्रपथ, सिटी हल, आकाशे पुल, राष्ट्रियस्तरको रंगशाला, नारायणी नदीमा पक्की पुल,देवघाट मौलाकालिका केवुलकार,भूमिगत पार्किङसहितको व्यावसायिक भवन,ट्राफिक व्यवस्थापन लगायतका महत्वपूर्ण योजनाहरु अघि सारिएको छ ।यस्तै महानगरले पर्यटनको वृहत्तर योजना समेत ल्याएको छ । प्रांगारिक खेतीमा जोड दिई कृषिको पकेट, व्लक र जोनका कार्यक्रम ल्याउने तथा आन्तरिक स्रोतलाई स्थायित्व बनाउँदै कर तिर्नलाई प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । एक वडा एक उत्पादनलाई योजनावद्ध रुपमा अघि सारिएको छ । त्यस्तै क्लिन भरतपुर,ग्रिन भरतपुर,एक वडा एक उद्यान,एक वडा एक पोखरी, एक मार्ग एक रङ्ग नारालाई पनि विशेष प्रथामिकतामा राखिएको छ । एक शहर एक पहिचान, एकीकृत शहरी विकास योजना समेत नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेको छ । यो सँगै वातावरण तथा सरसफाइ र सामाजिक क्रियाकलापमा समेत महानगरले ध्यान केन्द्रित गरेको छ । कार्यक्रममा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भरतपुर महानगरकी प्रमुख रेणु दाहालले कसैलाई विभेदको दृष्टिले नहेरी नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेको वताइन् । उनले कार्यक्रमले नगरबासीका जनभावनाअनुसार काम गर्न थप उत्तरदायी बनाएको बताइन् । सँमृद्ध महानगर वनाउने अभियानमा साथ दिन सवै महानगरवासीलाई उनले आग्रह गरिन् । माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिहरुलाई बधाइ र सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मतदाताको मतलाई खेर जान नदिन आग्रह गरे । उनले सँमृद्ध महानगर वनाउन आफुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा शिक्षाराज्यमन्त्री शेषनाथ अधिकारी,प्रतिनिधि सभा साँसद कृष्णभक्त पाखरेल प्रदेश साँसदहरु विजय सुवेदी,कृष्ण खनाल,रामलाल महतो,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट,उद्योग वाणिज्य सँघ चितवनका अध्यक्ष राजन गौतम,महानगरका सवै वडाका वडाध्यक्ष,नगरका सरोकारवाल संघसंस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।