अनुरागको पहिलो गित रिलिज, युटुबमा हेर्नेको ओइरो (भिडियोसहित)

फागुन ५, काठमाण्डौ । बहुप्रतिक्षित फिल्म ’अनुराग’को पहिलो गीत रिलिज भएको छ । कान्छा दाई गाना बजाई देउ बोलको गीती भिडियोमा अभिनेत्री तथा निर्मात्री एलिजा गौतम धमलासँग कार्टुन्ज क्रुका सरोज अधिकारी देखिएका छन् ।

भिडियोसहित युट्यबमा गित रिलिज गरिएको हो । रिलिज भएको २४ घण्टा नबित्दै तीन लाखभन्दा बढि भ्युअर्स पाएको गित युटुब ट्रेण्डिङको तेस्रो नम्बरमा पुगेको छ ।

सरोज अधिकारीले फिल्मका कलाकार भने होइनन् । फिल्ममा एलिजासँगै समुद्र पण्डितको मुख्य अभिनय रहने छ । एलिजा र समुद्र दुबैको यो डेब्यु फिल्म हो ।

आउँदो वर्षको वैशाखमा रिलिज टार्गेट गरेको फिल्ममा सरोज खनाल, रुपा राणा, समुद्र पण्डित, एलिजा गौतमको मुख्य अभिनय रहेको छ ।
सार्वजनिक गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको गीत ’कान्छा दाइ गाना बजाइदेउ’मा ताराप्रकाश स्वयंमको र ममता गुरुङको स्वर रहको छ ।

एरिका फिल्मस ब्यानरमा बनेको फिल्म अनुरागलाई सत्यराज चौलागाईले निर्देशन गरेका हुन् । किरण दाहालले लेखेको फिल्ममा पटकथा र संवाद निर्देशक सत्यराज साथै आगत केसीले लेखेका हुन् ।