हत्या सग्लन भएको आरोपमा पाँचजना पक्राउ
२१ पुस दमौली । प्रहरीले गोरखा पालुङ्गटार ७ का २५ वर्षीय ओम सुनारको हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई शुक्रबार पक्राउ छ । तनहुँको व्यास नगरपालिका २ बागबजार टोलको बुल्दिखोला नजिक पुस ११ गते सुनारको हत्या गरिएको थियो । पक्राउ पर्नेमा २ महिला र ३ पुरुष छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल मल्लले दिनु भएको जानकारी अनुसार पक्राउ पर्नेमा व्यास ११ भ¥याङ्दीका ३२ वर्षीय ठुने भनि चिनिने महेन्द्र गुरुङ्ग, सोही स्थानका ट्वाके माइला भनिने ४२ वर्षीय रुपसिंह गुरुङ्ग, गोरखा धोर्जेठाँटी स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका १ गल्बुवेशीमा डेरा गरी बस्ने ३१ वर्षीया विपना भन्ने निर्मला गुरुङ्ग र स्याङ्या पौवेगौडे स्थायी घर भई तनहुँ व्यास नगरपालिका १ गल्बुवेशी डेरा गरी बस्ने ३३ वर्षीया विमला गुरुङ्ग रहेका छन् । प्रहरी नायव निरीक्षक मनोज पाण्डेको टोलीले ती हत्यामा संलग्न भएको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पाण्डेको टोलीले हत्यामा संलग्नहरु वीच एक होटलमा खाजा खादै झगडा गर्दा दुवै दिदी बहिनीलाई सुराकीको भरमा पक्राउ गरेर सोधपुछ र अनुसन्धान गर्ने क्रममा हत्यामा संलग्न सबैलाई पक्राउ गर्न सफल भएको डिएसपी मल्लले जानकारी दिनु भयो । मल्लका अनुसार ति दिदी बहिनीलाई हत्यामा संलग्नहरुले ढुङ्गा हानी सुनारको हत्या गरेको भन्ने बारेमा थाहा भएपनि कोही कसैलाई नभन्नु मोबाईलको सिम फ्याँकी दिनु भनेकोले कसैलाई भनेको उनीहरुले प्रहरी सामु खुलाएका छन् । सुनारलाई ढुङ्गाले हानी कर्तव्य गरी मार्ने तथा मार्नको लागि सहयोग गर्ने, घटना लुकाई दवाउने कार्यमा संलग्न निर्मला गुरुङ्ग समेत अन्य व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा हत्यामा संलग्न ५ जनालाई तनहुँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मङ्लबार, फाल्गुन ७, २०७५

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

काठमाडौँ, फागुन ३- संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारका

चितवन, फागुन १- नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी

काठमाडौं, फागुन १- सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १००

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्यवन र

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४

चितवन, फागुन ७– नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले

चितवन,माघ ७- चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले

चितवन, फागुन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले २०४७ साल

काठमाडौं फागुन, ६- गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका

वीरगन्ज : वीरगन्ज महानगरपालिका–१५ मा १७ करोड ७३ लाखको