काठमाण्डौमा यसरी मनाईयो होली (भिडियोसहित)

फागुन १७, काठमाण्डौ । आज फागू पूर्णिमा,  उपत्यकासहित पहाडी क्षेत्रमा आज होली भब्यरुपमा मनाइँदैछ।

 

धार्मिक विश्वाससँग पनि जोडिएको यो पर्व शहरमा भने उल्लास र रमाइलोको रुपमा मनाइन्छ ।  काठमाडौंका मुख्य बजार क्षेत्रमा बिहीबार दिनभरजसो युवायुवतीहरुले थरीथरीका रङ्ग दलेर होली खेलेका छन् ।

काठमाडौंमा युवायुवतीको ठूलो समूह हरेक वर्ष बसन्तपुरमा भेला भएर होली मनाउँछन् ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने यो पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ।

काठमाण्डौमा रहेका विदेशी पर्यटकहरुले पनि होली मनाएका छन् ।