बन्दिपुर बजार इकाईको सभापतिमा बैँस गुरूङ सर्वसम्मत, दमौली बजार इकाईको सभापतिमा राकु श्रेष्ठ विजयी

२३ पुस, तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ वन्दिपुर वजार इकाईको सभापतिमा बैँस गुरूङ सर्वसम्मत चयन भएका छन् । यस्तै उपसभापतिमा प्रेम प्रकाश सुल्पे, कोषाध्यक्षमा घनश्याम उपाध्याय र सदस्यहरुमा राजेश प्रजापति, अव्दुलगनि मियाँ, सुमन श्रेष्ठ र कर्ण बहादुर गुरूङ रहेका छन् ।

तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईको सभापतिमा राकु श्रेष्ठ विजयी भएका छन् । सभापतिका लागि तीन जनाबिच प्रतिस्पर्धा भएकोमा श्रेष्ठले ४ सय ४३ मत ल्याएर विजयी भएका हुन् । सभापतिका अन्य प्रतिस्पर्धीहरु तुल्सीराम पाण्डेले १४४ र राजकुमार श्रेष्ठ सिंगापुरेले १११ मत ल्याएका थिए ।

त्यसैगरी उपसभापतिमा सुक नारायण मल्ल ३५४ मत ल्याएर विजयी भएका छन् । अन्य प्रतिस्पर्धीहरु क्रमश जीवन शाही १५० मत, झलक आले ९८ मत र सुर्य अधिकारी ८४ मत रहेको छ ।

कोषाध्यक्षमा ४ सय ११ मत ल्याएर विन्दुलाल श्रेष्ठ विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु बलभद्र श्रेष्ठले १ सय ७९ र कृष्ण मुरारी मिश्रले १०१ मत ल्याएका र्थि ।

जिल्ला प्रतिनिधिमा सुरेश पुरी, दिनेशकुमार श्रेष्ठ, कुमार मल्ल, ओमराज श्रेष्ठ र प्रकाश हड्खले विजयी भएका छन् ।