काठमाडौंको तापक्रम आइतबार शून्यमा, आठ वर्षयताकै न्युन

२३ पुस, काठमाडौं । काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । पछिल्लो ८ वर्षमा पहिलोपटक आइतबार काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो ।
तापक्रम घटेसँगै काठमाडौंमा निकै चिसो महसुस भएको छ । यसअघि पुस २० गते यहाँको तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको थियो ।
आकाशमा बादल नहुँदा र घाम नलाग्दा काठमाडौंको चिसो सन् २०१० पछिकै धेरै भएको हो ।
उत्तर–पश्चिम वायु चलिरहेकाले अबको २–३ दिन काठमाडौंको न्यूनतम तापक्रम शून्यकै वरिपरि रहने प्रक्षेपण मौसमविदले गरेका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, काठमाडौंमा सन् १९७८ मा अहिलेसम्मकै कम माइनस ३.५ डिग्री तापक्रम मापन भएको थियो । काठमाडौंको तापक्रम सन् १९७८ पछि सन् २००० मा माइनस ३ मापन भएको थियो ।
महाशाखाका अनुसार सबैभन्दा चिसो जुम्लामा छ । आइतबार बिहान ८ः४५ बजे जुम्लाको तापक्रम माइनस ८ दशमलब ७ डिग्री सेल्सियस मापन भएको छ । काठमाडौंपछि सबैभन्दा कम तापक्रम दाङ, दीपायल र वीरेन्द्रनगरमा छ ।

मङ्लबार, फाल्गुन ७, २०७५

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

काठमाडौँ, फागुन ३- संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारका

चितवन, फागुन १- नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी

काठमाडौं, फागुन १- सरकारले बरोजगार युवाहरुलाई वर्षमा न्यूनमत १००

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्यवन र

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४

चितवन, फागुन ७– नेपाली काँग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले

चितवन,माघ ७- चितवनमा एम्बुलेन्सहरुको अनुगमन गर्ने क्रममा एम्बुलेन्स चालकहरुले

चितवन, फागुन ७ – राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनले २०४७ साल

काठमाडौं फागुन, ६- गायक पशुपति शर्मालाई नेपाली कांग्रेसका

वीरगन्ज : वीरगन्ज महानगरपालिका–१५ मा १७ करोड ७३ लाखको