हवाई उडान रद्द भएपछि मुग्लिनको बाटो हेर्दे काठमाडौं जाने भए प्रचण्ड

चितवन, पुस २३–

पूर्व प्रधानमन्त्री एवंम नेकपा (माओवादी केन्द्र) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्थल मार्ग हुँदै काठमाडौं जान लाग्नु भएको छ ।
चिसो र हुस्सुका कारण हिजोदेखि नै भरतपुर विमानस्थलमा उडान हुन नसकेपछि प्रचण्ड आज नारायणगढ–मुग्लिन सडक खण्ड भएरै काठमाडौं जान लाग्नु भएको हो । अध्यक्ष प्रचण्ड हिजो विहानको उडान मार्फत काठमाडौं जान तय भएको थियो । तर अपरान्ह सम्म पनि कुनै उडान हुन नसकेपछि प्रचण्ड आज स्थलगत मार्ग भएर काठमाडौं जाने तयारी गरेको उनको सचिवालय जनाएको छ । आज पनि चितवनमा उडान हुने संभावना न्यून देखिएपछि छिट्टै काठमाडौं पुग्न स्थलगत मार्गको साहारा लिनुपरेको हो ।
अध्यक्ष प्रचण्ड विहीबारदेखि नै चितवनमा रहेका छन् । सधै हवाई मार्ग भएर चितवन आउने गरेका प्रचण्ड अब निर्माणधिन नारायणढ–मुग्लिन सडक खण्ड अवलोकन गर्दै काठमाडौं पुग्ने छन् । समयमै सडक विस्तारको काम नसकिएको भन्दै सरकार र ठेकेदारमाथि सर्वसाधरण खनिदै आईरहेका छन् ।