देवघाट सन्देश पत्रिकाको विमोचन

चितवन, पुस २३–

सूचना र विकास एक अर्काका परिपूरक भएकोले तनहुँको देवघाट गाउँपालिकामा पहिलो पटक देवघाट सन्देश साप्ताहिक पत्रिका विमोचन भएको छ । आइतबार तनहूँको देवघाट गाउँपालिकाको सभा हलमा विमोचन कार्यक्रममा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमूख अतिथि नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सिर्जना अर्यालले संचार माध्यममा यस पत्रिकाले देवघाटको धार्मिक विकाससंगै चौतर्फी विकासमा टेवा पुग्ने बताईन् । उनले देघाटमा अवस्थित यहाँका मठमन्दिर, आश्रम, पुरातात्विक स्थलहरु, प्रशस्तै सम्भावना बोकेका अन्य औद्योगिक व्यवसायलगायत शैक्षिक क्षेत्रमा यस पत्रिकाको महत्वपूर्ण भूमिकाले देवघाटबासीको शिर उँचो राख्ने हँुदा सम्पूर्णले पत्रिकालाई सहयोग गर्नु जरुरी रहेको बताईन् । यहि उचाईलाई कायम राख्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताईन् ।

विमोचन कार्यक्रमा देवघाट गाउँपालिका वडा नं. ५ का अध्यक्ष यालबहादुर गुरुङ्खले यस पत्रिकाबाट विशेषगरी धार्मिक पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्र र कृषि तथा पर्यटन क्षेत्रको विकासमा टेवा पुर्‍याउनेमा विश्वास व्यक्त गरे । सो कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका तनहूँका अध्यक्ष केशवचन्द्र न्यौपानेले देवघाटकै नाममा पत्रिका प्रकाशन हुनु गाउँपालिकाका लागि सौभाग्य भएको भन्दै सूचनाको अभावमा बेखबर रहेका आमनागरिकलाई जागरुक बनाउने कार्यमा लाग्न सुझाब दिनुका साथै पत्रिका प्रकाशन भएकोमा बधाई तथा शुभकामना व्यक्त गरे ।

पत्रिकाका सह–सम्पादक सागर भण्डारीले सामाजिक रुपमा पछि परेका, विभेदमा परेका, विविध कारणले समस्यामा परी दबिएर बस्न बाध्य आवाजविहीन जनताको भावनाको प्रतिनिधित्व गर्दै सम्बन्धित तहसम्म पुर्‍याउन सार्थक भूमिका खेल्ने अठोटका साथ कार्यक्रममा स्वागत मन्तव्य दिएका थिए ।

विमोचन कार्यक्रममा देवघाट गाउँपालिकाका वडा नं. १ का अध्यक्ष भिमबहादुर गुरुङ्ग, वडा नं.५ की महिला सदस्य ठाकुरकुमारी काफ्ले, देवघाट गाउँपालिका योजना प्रमूख बुद्धिप्रसाद भुषाल, कालिका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं वडा ५ का सदस्य भोजराज नैनावस्ती, नेपाली काँगेस गाउँ कमिटीका सभापति बाबुराम पौडेल, माओवादी केन्द्र गाउँपालिका इन्चार्ज भूवन सिं गुरुङ्ग, राप्रपा नेपालका अध्यक्ष दिवाकर मिश्र, कालिमाटी टोल सुधार समितिका अध्यक्ष पञ्चबहादुर आलेलगाएतले स्वागत मन्तव्य दिएका थिए ।

देवघाट सन्देश पत्रिकाका प्रकाशक÷सम्पादक प्रकाश बगालेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ सस्थाहरु लगाएत सरोकारवालाहरुले यस देवघाट सन्देशले सम्पूर्ण क्षेत्रलाई समेटी अघि बढ्न सल्लाह दिंदै यस सन्देशको पूर्ण सफलताको कामना गरेका थिए भने कार्यक्रम यसै पत्रिकाका व्यवस्थापक बिकास पाण्डेले सञ्चालन गरेका थिए ।