चितवनको आनन्दपुरमा आफ्नै साथिले च्याउ खेतिमा केमिकल छर्केपछि

चितवन पुस २३-

पश्चिम चितवनको आनन्दपुरमा एक किसानको च्याउ खेतिमा आफ्नै साथिले उत्पादन रोक्ने केमिकल छरिदिएका छन् । बेवी स्ट्रिन नामको सो केमिकलले लाखौको च्याउखेतीमा क्षति पुगेको छ । शिव लामाले लगाएको च्याउ खेतीमा आफ्नै साथी राजेन्द्र शिलबालले केमिकल छरिदिएका हुन् ।आज (आइतबार) स्थानिय जनप्रतिनिधि, च्याउ एसोसियनका प्रतिनिधी प्रहरी सहित स्थानियको रोहवरमा करिव ४० लाख बराबरको च्याउ नष्ट गरिएको छ ।

पुस १८ गते राती शिव च्याउ सप्लायर्सको ३२ कठ्ठा मध्य २२ कठ्ठामा लगायको च्याउ खेतिमा शिलबालले केमिकल छरिदिएको वडा प्रहरी कार्यलय नारायणगढले जानकारी दिएको छ । मंगलबार साँझ कारमा आएका शिलवाललाई केमिकल प्रयोग गर्दैगर्दा स्थानियले देखेपछि समातेका थिए । आफ्नोभन्दा अरुको च्याउ राम्रो हुने देखेपछि केमिकल प्रयोग गरेर च्याउ नष्ट पारेको शिव च्याउ सप्लायर्सका प्रोपराइटर शिव लामाले बताउनु भयो । राजेन्द्र सिलबालको पनि टाँडीमा आफनै च्याउ फर्म सँचालन गर्दै आइरहेका छन् ।

च्याउ एसोसियनका केन्द्रिय अध्यक्ष पिएन अधिकारीले ”बेबि स्ट्रिन” ले च्याउलाईमात्र असर पार्ने तर मानविय स्वस्थ्यमा कुनै असर नपार्ने बताउनु भयो । उहाँले केमिकलले कालो बनाउने र नयाँ टुसा पलाउन नदिने वताउनुभयो । शिव च्याउ सप्लायर्समा उत्पादित च्याउ देशका मुख्य सहरहरु काठमाडौं,बुटवल र पोखरामा निर्यात हुने गरेको छ । सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।