दाउन्नेमा ६ वटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एकको मृत्यु, ७ जना घाइते

नवलपरासी,पुस २४-
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेको ओरालोमा ६ वटा सवारी साधन एक आपसमा ठक्कर खादा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । सो ट्रयाक्टरमा घाँसदाउरा गरेर ८जना सवार गरेका थिए । घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । आज दिउँसो अन्दाजी १ बजे दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० नम्बरको ट्याक्टरलाई ना४ख ६०९० नम्बरको ट्रकले ठक्कर दिँदा ट्रयाक्टरमा सवार ७ जना घाइते भएका हुन् । दुर्घटनामा विनयी त्रिवेणी २ निवासी ५० वर्षीया भगवती कार्कीको अस्पतालमा उपचारको क्रममा निधन भएको दुम्किबास प्रहरीले जनाएको छ । ट्रक र ट्रयाक्टर ठोक्किएपछि सोही सवारी साधनमा ना३ख ५९३६ नम्बरको तेल बोक्ने ट्याड.कर, लु३च ५३२२ नम्बरको जीप, ल ु३ त ५६९५ नम्बरको ट्याक्टर र ना६ख ५४२९ नम्बरको बस पनि ठक्कर खाएको थियो । दुर्घटनामा परी विनयी त्रिवेणी २ ज्यामिरे निवासी ४५ वर्षीय उदय रोकाय, ४० वर्षीया मीना रोकाय, ५० वर्षीय विष्णु रेग्मी, ४० वर्षीया ज्ञानु तामाङ्ग, ५५ वर्षीया यशोदा ढकाल, ४५ वर्षीया तुलसी परियार र ३८ वर्षीया जितकुमार पौडेल घाइते भएका छन् । घाँसदाउरा गरेर ट्रयाक्टरमा दुम्किवासतर्फ र्फकदै गरेका महिलाहरु दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

बुधबार, फाल्गुन ८, २०७५

वीरगन्ज : नेपाली कांग्रेसको भावी नेतृत्वलाई लिएर पार्टी सभापति

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

काठमाडौँ, फागुन ३- संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारका

चितवन, फागुन १- नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी

काठमाडौं : कश्मीरको पुलवामामा एक साताअघि ४४ जनाको ज्यान

काठमाडौं : सिंगापुरको ब्युटी वल्र्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा

काठमाडौं : एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३

वीरगन्ज : नेपाली कांग्रेसको भावी नेतृत्वलाई लिएर पार्टी सभापति

चितवन, फागुन ८- सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सात

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्यवन र

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४