देबघाटमा माघेसंक्रान्ती मेला व्यवस्थित गरिने, १ सय ५१ सदस्सीय व्यवस्थापन समिति गठन

चितवन पुस २४-

देवघाटधाममा माघेसंक्रान्ति मेला व्यवस्थित गर्नका लागि १ सय ५१ सदस्सीय मेला व्यवस्थापन समिति गठन गरिएको छ । प्रत्यक वर्षझै यसवर्ष पनि देवघाट क्षेत्र विकास समितिको व्यवस्थापनमा माघको १ र २ गते मेला आयोजना गर्न लागिएको हो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष एवम् मेला आयोजक समितिका संयोजक टंकनाथ पौडेलले मेलालाई ब्यवस्थित बनाउन बिभिन्न उप समिति गठन गरिएको बताउनु भयो । गत वर्षका मेलाहरुबाट पाठ सिक्दै गल्ति,कमजोरी सुधारेर यसवर्ष मेला वृहत वनाउन लागिएको संयोजक पौडेल बताउनुुभयो । उहाँले मेलामा दर्शनार्थीलाई केन्द्रित गर्दै धुनिको व्यवस्था, प्राथामिक स्वास्थ्य उपचार,शौचालय, बिजुली, आकस्मिक उद्धार एवम् सुरक्षा टोलिको व्यवस्था गरिएको वताउनुभयो । बृद्धबृद्धालाई लाइनमा बस्न नपर्ने व्यवस्था गरिनुका साथै डुङगा र ¥याफटिङ सयरमा निशुल्क सुबिधामा प्रदान गरिने पौडेलको भनाई छ ।

मेलामा विगतका वर्षहरुमा जस्तो चिठ्ठा, जुवातास, उपहारका खेलहरुमा रोक लगाइएको छ । हिन्दी गितहरु मेला स्थलमा बजाउन नपाईने , मदिरा धुम्रपान, मद्यपान सेवन गर्न र मासु खान समेत रोक लगाइएको छ । आँपटारी,रामनगर,ठिमुरा,दासढुङ्गा लगाएतका क्षेत्रमा प्रवेशद्दार र व्यानर माफत सिङ्गारिने पनि आयोजकले जानकारी दिएको छ । मेलाको केहिदिन अगाडि बाटै दर्शनार्थीहरुको आगमन हुनेहँुदा आयोजकले त्यही अनुसारको व्यवस्थापन गरेको स्वयंसेवक परिचालक उप समिति समिति संयोजक होमबहादुर भारतीले जानकारी दिनुभयो ।