पालुङटार ७ मा स्वास्थ्य मन्त्रालयको अनुसन्धान टोली ।

पालुङटार नगरपालिका वडा नं. ७ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदको टोली अनुसन्धानको लागी काम गरिरहेको छ । साविक च्याङली गा.वि.स.को वडा नं. ७ का ३३ जना व्यक्तिहरुको स्वास्थ्य परिक्षण गरिएको टोलीका प्रमुख भगवती प्रसाद चौधरी ले बताउनुभयो । नमूना छनौटको आधारमा ती व्यक्तिहरुमा स्वास्थ्य परिक्षण गरिएको टोली प्रमुख चौधरी ले बताउनुभयो । स्वास्थ्य मन्त्रालयबाट स्थानीय स्तरमा औषधी पठाउँदा कुन स्थानमा कस्तो खालका विरामीहरु बढी हुन्छन सोही अनुसारको मात्रामा पठाउन सहज हुने हुँदा कुन स्थानमा कस्तो रोगका विरामीहरु बढी छन भनी यस्तो प्रकारको अनुसन्धान गरिएको बताइएको छ । छनौटमा परेका विरामीहरुको स्वास्थ्य परीक्षण वडा नं. ७ को वडा कार्यालयमा गरिएको थियो । नेपाल सरकारले तथ्याङक संकलनको लागी यस्तो खालको अनुसन्धान नेपालका ७२ बढी जिल्लामा गरिएको बताइएको छ । नसर्ने दिर्घकालीन रोगको परीक्षणको लागी २० वर्षमथिका छनौटमा परेका व्यक्तिहरुको मुटु, फोक्सो, किडनी, रगत, पिसाव तथा इ.सि.जी. र स्पाइरोमेट्रिक जाँच गरिने छ ।