जनचेतना प्रा.वि. ले २८ वर्ष पूरा गर्यो ।

पालुङटार नगरपालिका वडा नं. ७ स्थित जनचेतना प्रा.वि. ले २८ वर्ष पूरा गरेको छ । २८ वर्ष पूरा गरेको अवसरमा विद्यालयले व्यवस्थापन समितिका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा बार्षिकउत्सव कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रोतव्यक्ति रामकाजी अधिकारीले संघीयतासंगै शिक्षा क्षेत्रमा देखिएका अन्यौलताको विषयमा बोल्नुभएको थियो भने वडा नं. ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले शैक्षिक क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको थियो । त्यस्तै गरी विद्यालयका संस्थापक अध्यक्ष होमनाथ पाण्डेले संस्थागत विद्यालयहरुमा भन्दा सामुदायिक विद्यालयहरुमा विद्यार्थी पठन पाठन गर्न गराउन र विद्यालयको स्तरोन्नतीमा ध्यान दिनुपर्ने बताउनुभयो । कक्षा १ देखि ३ सम्म २६ जना विद्यार्थीहरु अध्ययन रत सो विद्यालयमा २ जना शिक्षकहरु रहेका छन भने विद्यालयमा अंग्रेजी माध्यममा अध्यापन गराउँदै आइएको छ । सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश प्रसाद पाण्डेले १४ लाख ८६ हजार ७६४ रुपैयाँको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो ।