एन आई सी एशिया बैंकको १४४औं शाखा गाेरखामा 

 

एन आई सी एशिया बैंकको नयाँ शाखा गोरखा नगरपालिका वडा नं. ०६, हरमटारी गोरखामा मिति २०७४ पौष २४ गते एक समारोहका बिच बैंकको १४४ औं शाखा औपचारिक रुपमा समुद्घाटन कार्यक्र सम्पन्न भएको छ । गोरखा जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष श्रवण कुमार जोशीज्यू बाट गोरखा शाखाको औपचारिक रुपमा उद्घाटन गरिएको थियो । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा अग्रणी बैंकहरु मध्ये एक एन आई सी एशिया बैंक निजी क्षेत्रको क वर्गको बैंक हो । गोरखाको यस शाखा सँगै हाल बैंकले अधिराज्यभर १५६ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ भने यस बैकले शून्य मौज्जादमा नै खाता खोल्न सक्ने र उक्त खातामा दैनिक मौज्जादमा त्रैमासिक भूक्तानी हूनेगरी बार्षिक ८ प्रतिशतका दरले ब्याज दिने, क्ःक् द्यबलपष्लन, क्ष्लतभचलभत द्यबलपष्लन, ब्त्ः ख्ष्कब ऋबचम निशूल्क उपलब्ध गराउदै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । गोरखामा शाखा स्थापनाको छोटो अवधीमा नै राम्रो प्रगती गरेको गोरखा शाखाका प्रमुख राजेन्द्र पुडासैनीले जानकारी दिनुभयो ।