माइतिघर मण्डलामा सुरक्षाकर्मी तैनाथ, केसीका पक्षधर नाराबाजीसमित अघि बढ्दै

२५ पुस, काठमाण्डौ । डा. गोविन्द केसीलाई पक्राउ गरिएको विरोधमा अहिले माइतिघर मण्डलामा विरोध प्रदर्शनको तयारी भइरहेको छ । विरोध प्रदर्शनलाई मध्यनजर गर्दै नेपाल प्रहरीले सुरक्षाकर्मी तैनाथ गरेको छ ।  अहिले माइतिघर मण्डलामा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ ।