बन्दिपुर महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

२५ पुस, तनहुँ । बन्दिपुर महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको अठारौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कार्यक्रममा सहभागि नेता तथा जनप्रतिनिधीहरुले जिल्लाको विकासमा अग्रसर हुने प्रतिवद्धता व्यक्त गरेका छन् ।

साधारणसभाका प्रमुख अतिथी तथा तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्यका लागि चुनाव जितेका एमाले नेता कृष्ण कुमार श्रेष्ठले समग्र तनहुँको विकासका लागि आफू क्रियाशील हुने बताए ।

सहकारी संस्थामार्फत समाजको विकास गर्न सकिने भन्दै श्रेष्ठले सहकारीमा महिलाको सहभागिता बढ्दै जानु सुखद पक्ष भएको बताए ।
त्यसैगरी कार्यक्रममा तनहुँ क्षेत्र नम्बर १ अन्तरतगको प्रदेशसभा सदस्य हरिबहादुर चुमानले आफ्नो क्षेत्रको विकासका लागि जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

सरिता पियाको सभापतित्वमा सम्पन्न साधारणसभामा बन्दिुपुर गाउँपालिकाकी उपप्रमुख करुणा गुरुङ, बन्दिपुर १ का वडाध्यक्ष भानुभक्त पोखरेल र माओवादी केन्द्रकी केन्द्रिय सदस्य ओमकुमारी पौडेलको सहभागिता थियो ।

त्यसैगरी संस्थाकी संस्थापक चिनीमाया श्रेष्ठको पनि कार्यक्रममा सहभागिता थियो ।
बन्दिपुर महिला विकास बहुउद्देश्यीय सहकारी संस्थामा ९ सय ५० सदस्य रहेका छन् ।