नाटक पारखीको तिर्खा मेटाउँदा ‘श्रीमान् वीरबहादुर’

चितवन, पुस २५–

नाटक प्रति रुची व्यक्त गर्ने मानिस चितवनमा धेरै छन् । तर बिरलै मात्र नाटक मञ्चन हुँदा नाटकका पारखीहरु तिर्खा मेटाउन पाईरहेका छैनन् । नाटकले तिर्खाएका चितवनबासीलाई पुसको जाडोमा केही दिन भएपनि तिर्खा मेटाउन ‘श्रीमान् वीरबहादुर’ सफल भएको छ ।

नारायणी कला मन्दिर नारायणगढमा मञ्चन भइरहेको ‘श्रीमान् वीरबहादुर’ नाटकले दर्शकको ध्यान खिचेको छ । पुस १९ गतेदेखि सुरु भएको मञ्चन हिजो (सोमबार) सकियको थियो । एक दिनमा दुई शो मा नाटक मञ्चन हुँदै आईरहेको छ । नाटक हेरेर बाहिर निश्कदा जो कोही पनि आँखाबाट आँशु झार्दै बाहिरिने गरेका छन् । नाटकमा सुदुरपश्चिमको मार्मिक कथालाई चित्रण गरिएको छ । महिलाको बेदना र थारु युवाको साहसलाई नाटकमा प्रस्तुत गरिएको छ ।

रामलाल जोशीको पहिलो कथा सङ्ग्रह ‘ऐना’ भित्र रहेको एउटा सशक्त कथा हो ‘श्रीमान् वीरबहादुर’ । यही कथालाई नाट्य रूपान्तरण गरेर नारायणी कलामन्दिरमा मञ्चन भयको थियो ।

कलाकारको जीवन्त अभिनयले नाटकलाई ज्यादै सुन्दर बनाएको छ । यही कारण नाटक हेर्न पुग्को आँशु बग्ने गरेको थियो । नाटक हेर्न नारायणी कला मन्दिरमा दर्शकको उत्साह देखिन्थ्यो । चार दिनको लागि तय भएको नाटक मञ्चन दुई दिन थप गरि ६ दिनमा पुगेको थियो । दर्शकको चाहना अनुसार नै नाटक मञ्चनको समय थप गरिएको कर्मी नाट्य समूहका संयोजक मुकुन्द खलपात्रले जानकारी दिए ।

रंगकर्मी भीष्म जोशीले निर्देशन गरेको उक्त नाटकमा निर्देशक जोशी र सुरेश जिसीसँगै कृपा अधिकारी, सुमित आचार्य, विवेक तिवारी, अञ्जान ढुङ्गाना, अस्मिता थापा, रञ्जना सापकोटालगायतले अभिनय गरेका थिय। कथाकार रामलाल जोशी नै ‘श्रीमान् वीरबहादुर’ हेर्न चितवन आएका थिए ।