दाङलाई राजधानी बनाउनबाट रोके नागरिकसँगै आन्दोलनमा जाने महराको चेतावनी

तुलसीपुर, दाङ, २५ पुस : उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले तुलसीपुर पश्चिम नेपालको ‘हव’ बनाउनका लागि मुगुको रारासँग जोड्ने गुरुयोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ ।
आज तुलसीपुर नगर विकास समितिले जिल्लाबाट प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएकालाई आयोजना गरिएको स्वागत तथा सम्मान कार्यक्रममा उहाँले समग्र दाङको विकासका लागि आफूले कुनै पनि कसर बाँकी नराख्ने बताउनुभयो ।
उहाँले वाम गठबन्धको अब बन्ने सरकारले देशलाई विकास र समृद्धिमा लैजाने पनि बताउनुभयो । उहाँले दाङ प्रदेश नं ५ को राजधानी बन्नेमा आफू विश्वस्त रहेको र यदि कदम कदाचित दाङलाई राजधानी बनाउनबाट रोके आफूहरु नागरिक सँगसँगै आन्दोलनमा जाने पनि चेतवानी दिनुभयो ।
सोही कार्यक्रममा दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हिराचन्द्र केसी, प्रदेश सभामा दाङ ३ को २ बाट निर्वाचित हुनुभएका उत्तरकुमार वलीले निर्वाचनका क्रममा आफूले जनतासँग गरेका वाचा पूरा गर्न सक्दो पहल गर्ने बताउनुभयो ।
सो कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मीलगायतकाले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रम तुलसीपुर नगर विकास मितिका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता र सञ्चालन रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले गर्नुभएको थियो । (रासस)

बुधबार, फाल्गुन ८, २०७५

वीरगन्ज : नेपाली कांग्रेसको भावी नेतृत्वलाई लिएर पार्टी सभापति

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

काठमाडौँ, फागुन ३- संविधानसभाबाट जारी गरिएको संविधानमा मुलुक सङ्घीय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारका

चितवन, फागुन १- नेकपा एमाले र माओवादी केन्द्रबीचमा पार्टी

काठमाडौं : कश्मीरको पुलवामामा एक साताअघि ४४ जनाको ज्यान

काठमाडौं : सिंगापुरको ब्युटी वल्र्डस्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा

काठमाडौं : एकजनाले चालकले आफ्नो ट्याक्सीमा छुटेको साढे ३

वीरगन्ज : नेपाली कांग्रेसको भावी नेतृत्वलाई लिएर पार्टी सभापति

चितवन, फागुन ८- सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर सात

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्यवन र

रोम : तेस्रो डिभिजनको इटालियन लिग फुटबलमा एउटा क्लबले

इलाम : नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा सरकारको

धरान : सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका ३ चिरौलीमा १४