समाजसेवी श्रेष्ठ सम्मानित

२५ पौष , छाब्दीवाराही , तनहुँ । तनहुँ विकास वचत तथा ऋण सहकारी सस्था लिमिटेडले तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा समाजसेवी घनश्याम श्रेष्ठलाई सम्मान गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिका १ डुम्रे स्थित सो सस्थाले समाजसेवी श्रेष्ठले सो सहकारी सस्थाको विकासको लागि महत्वपूर्ण योगदान पु¥याएकोले सम्मान गरिएको सहकारीले जनाएको छ । तनहुँको छाब्दी वाराहीमा गरेको एक विशेष कार्यक्रमका अवसरमा श्रेष्ठ सम्मानित हुनु भएको हो ।

सो अवसरमा सस्थाको विकासमा सहयोग पु¥याउने सञ्चालक समितिका विभिन्न पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अवसरमा उपाध्यक्ष शिवकुमार श्रेष्ठ , सचिव राजु खड्गी , कोषाध्यक्ष दामोदर मिश्र लगायतले सो सहकारीलाई विकास बैंकको रुपमा अघि बढाई स्थानीय स्तरमा नयाँ पहिचान बनाउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।