प्रेस काउन्सिलद्धारा पत्रकार आचार संहिता जागरण अभियान सञ्चालन

तनहुँ , २५ पौष । प्रेस काउन्सिल नेपालले पत्रकार आचार संहिता जागरण अभियान सञ्चालन गरेको छ । यस क्रममा काउन्सिलले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको संयोजनमा मङ्गलबार तनहुँको दमौलीमा अभियानको बारेमा अन्तरक्रिया गरेको छ ।
अभियानको क्रममा नेपाल पत्रकार महासङ्घको सहभागितामा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसहिंता–२०७३ का बारेमा सञ्चारकर्मीलाई प्रशिक्षण दिईएको छ । पत्रकारितालाई उञ्च मर्यादित , विश्वासनिय र राष्ट्र र जनताको पक्षमा पत्रकारिता क्षेत्रलाई अभैm प्रभावकारी बनाउन अभियान सञ्चालन गरिएको सो अवसरमा जानकारी दिईएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा व्यासनगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने रहनु भएको थियो । सो अवसरमा नगर प्रमुख न्यौपानेले लोकतन्त्रमा पत्रकारहरुको अत्यन्त ठुलो महत्व रहेको उल्लेख गर्दै लोकतन्त्रको गहनाको रुपमा रहेको अभिव्यत्तिको स्वतन्त्रता , लेखनको स्वतन्त्रतालाई मुखरित गर्ने माध्यम भएको बताउनु भयो । लोकतन्त्रको कसीमा सञ्चार माध्यम र पत्रकारितासँग नजिकको सम्बन्ध हुने बताउँदै लोकतन्त्रको मूल्यहरुको स्थापनाको सूचकको पत्रकार रहेको बताउनु भयो । साथै न्यौपानेले लोकतन्त्रता भन्दै बित्तिकै स्वतन्त्रता जोडिएको हुन्छ भन्नु भयो । ‘स्वतन्त्रा अर्थ आफ्नो प्रत्याभूत अधिकारलाई पूर्ण प्रत्याभूत गर्ने तर सदुपयोग गर्दा अरुलाई दख्खल दिन नहुने हुँदा अचारसंहिता आवश्यक छ ’। न्यौपानेले भन्नु भयो । कार्यक्रममा काउन्सिलका सदस्य इश्वरी ओझाले देश नयाँ संरचना अनुसार सातै वटै प्रदेश स्तरमा कार्यालय स्थापना गरि काउन्सिल पु¥याउँदै आएको सेवा प्रदेश स्तरबाटै गर्ने प्रयाश गरिरहेको जानकारी दिनु भयो ।
कार्यक्रम नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँको डिएसपी सुनिल मल्ल , कार्यक्रममा नेपाल पत्रकार महासङ्घका निबर्तमान अध्यक्ष डम्बर अधिकारी , पूर्व अध्यक्षहरु विश्वबन्धु भण्डारी , प्रदीप काफ्ले , प्रेमप्रसाद पौडेल लगायतले तनहुँमा पत्रकार आचारसंहिता उल्खन गरिएको भन्ने बारेमा हालसम्म उजुरी नआएको र भविश्यमा पनि प्रेस काउन्सिलमा उजुरी नपुग्ने अवस्था आउन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । अभियानका क्रममा हालै विकट ठाउँ जुम्ला पनि पुगिएको र नेपाल पत्रकार महासङ्घको सबै जिल्ला शाखामा पुग्ने लक्ष्य राखिएको प्रेस काउन्सिल नेपालकी सदस्य सङ्गीता खड्काले जानकारी दिनु भयो ।