आगोलागिबाट घरध्वज

तनहुँ , २९ पौष ।तनहँुको व्यास नगरपालिका वडा नं. ८ वाङ्गेटारी स्थित गजेन्द्र गुरुङको घरमा मंगलवार आगलागी हुदा ६ लाख रुपैया बरावरको धनमाल नोक्सानी भएको छ । गुरुङको घरमा आगलागी हुदा उक्त मूल्य वरावरको धनमाल नष्ट भएको स्थानीय रामप्रसाद मिश्रले जानकारी दिनु भयो । मिश्रका अनुसार आगलागी वाट ४ तोला सुन, १५ हजार नगद का साथै अन्नपात, लक्ताकपडा र भाडा कुडा सवै जलेर नष्ट भएको छ । आगलागी वाट गुरुङको २ तले टिनले छाएको घर जलेर ध्वस्त भएको हो । कुडो पकाउदै गर्दा चिम लगाएको सुकेको वासमा झिल्कोले टिपेपछि पुरै घरमा आगो लागेको पिडीत गरुङले वताउनु भयो । स्थानीय वासिन्दाले आगो निभाउने प्रयास गरे पनि टिनको छाना वाहेक अरु सवै जलेको वताइएको छ । घर जले पछि पिडीतको ७ जनाको परिवार अहिले छिमकीको घरमा शरण लिन वाध्य भएका छन् ।