४ लाईनका कविताहरु ।

➡हरि ब थापा, बन्दिपुर-१, नाहाला, तनहुँ । 

 

👓सधैं उस्तै हुन्न
कहिल्यै – उही काम गर्न पनि ।

 

गार्‍हो हुन्छ असार

मासा – उही खोला तर्न पनि ।

—————————-

👓निर्जिव भएर नि रुप फेर्दछ
बाफ बन्न सक्छ पानी ।

 

नसक्ने हैन प्रयास गरे फेर्न
मानिसले आफ्नो बानी ।

—————————-

👓हालत के हुन्छ
छिचिमिराको– पंख झरेपछि ?

 

रमाई नबस्नु
क्षणिक सुखको– डुँगा तरेपछि ।

—————————-

👓तिम्रो सामु
के वर्णन गर्नु– मोनालिसाको ?

 

मुस्काउछौँ सधैँ
देख्या छैन– कहिल्यै रिसाको ।