पालुङटारमा जन–प्रतिनिधि र प्रधानाध्यापक बिच अभिमुखीकरण कार्यक्रम सम्पन्न

जिल्ला शिक्षा कार्यलयको आयोजनामा स्थानीय तहका जनप्रतिनिधि र प्रधानध्यापकहरु बिच अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिकाका नगर प्रमुख दिपक बाबु कडेलले अध्यक्षता ग्रहण गर्नु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले सामाजिक विद्यालयमा जन विश्वास घट्दै गएको भन्दै त्यसको समिक्षां गर्न आवश्यक रहेको बताउनु भएको छ । सोहि अवसरमा उहाँले समय र प्रविधिको विकास सँगै शिक्षकहरुले पनि आफ्नो क्षमतालाई विकास गरेर शिक्षकहरु प्रविधि मैत्री हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । ४८ वटा सामुदायिक विद्यालय र ११ वटा संस्थागत विद्यालय गरि जम्मा ५९ वटा विद्यालयका प्रधानध्यापकहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी हुनुहुन्थ्यो भने विषेश अतिथिहरु पालुङटार नगरपालिकाको प्रमुख पम्फा बसेल र सहायक जिल्ला शिक्षा अधिकारी ठाकुर जी तिवारी हुनुहुन्थ्यो । सो कार्यक्रममा साहायक जिल्ला शिक्षा अधिकारी ठाकुर जी तिवारी र विद्यालय निरिक्षक कृष्ण आचार्यले बर्तमान शिक्षा प्रणालीको विषय वस्तुको बारेमा चर्चा गर्नु भएको थियोे ।