युएईले नेपालीसहित विदेशी नागरिक काममा भर्ती गर्दा प्रहरी रिपोर्ट अर्निवार्य गर्ने

  1. युएई पुस २६ –

युएईले नेपालीसहित विदेशी नागरिक काममा भर्ती गर्दा प्रहरी रिपोर्ट अर्निवार्य गर्ने भएको छ । सुरक्षा व्यवस्थालाई राम्रो बनाउन, कामदारलाई स्वतन्त्र र अपराधमुक्त बनाउन यस्तो नियम ल्याउन लागिएको फेडरल नेशनल काउन्सिल युएईलाई उदृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।युएईमा काम गर्न जान चाहने विदेशी नागरिकले भिसा पाउनका लागि आफ्नो देशको सम्बन्धित निकायले जारी गरेको चारित्रिक प्रमाणपत्र उपलब्ध गराउन पर्नेछ ।‘युएईमा काम गर्न आउने विदेशी नागरिकको विगत कस्तो थियो, उनीहरुले केही अपराधिक क्रियाकलाप गरेका छन् कि छैनन् जान्नु हो । र, उसलाई भर्ती गर्दाको खतरा र सुरक्षा पता लगाउनु हो,’ फेडरल नेशनल काउन्सिल युएईलाई उधृत गर्दै गल्फ न्युजले उल्लेख गरेको छ ।घरेलु कामदारका लागि पनि यो नियम लागु हुनेछ । तर विदेशी नागरिक भएपनि युएईमै जन्मे हुर्केको भए रोजगारिका लागि चारित्रिक प्रमाणपत्र आवश्यक पर्दैन । तर जागिरखानु अगाडि युएई छाडेको भए यो कागज अनिवार्य गरिएको छ ।साथै, अरु कुनै देशमा ५ वर्षसम्म बसेको भए सम्बन्धित देशको पनि प्रहरी रिपोर्ट अनिवार्य गरेको छ । यो नियम विदेशी नागरिकका परिवार, पर्यटन भिसा, विद्यार्थी, कुनै काममा लागि आउने, स्वास्थ्य उपचार गर्न आउने वा तीन महिनाको काम गर्न आउने र फेरि तीन महिनालाई नै भिसा नविकरण गर्ने विदेशी नागरिकका लागि भने लागु हुँदैन ।‘युएईमा काम गर्ने विदेशी नागरिक स्वतन्त्र र अपराधिक रोकर्डबाट स्वतन्त्र हुनेछ, उनीहरु जुनसुकै देशका नागरिक हुन त्यसले फरक पार्दैन्,’ फेडेरल नेशनल काउन्सिलका सदस्य अमद अल राउमीले भन्नुभयो ।यस्तो कागजात सम्बन्धित देशमा रहेको युएईको दूतावास वा युएईको परराष्ट मन्त्रालयले प्रमाणित गर्ने छ । यो नियम आउदो माघ २१ गतेबाट लागु हुने छ ।