उवासंघ निर्वाचनः २५ सदस्यका लागि ४७ जनाको उम्मेद्वारी, तीन सदस्य निर्विरोध निर्वाचित (नामसहित)

चितवन, पुस २६–

उद्योग वाणिज्य संघ चितवनको यही पुस ३० गते हुने निर्वाचनका लागि आज (बुधबार) उम्मेद्वारी दर्ता गरिएको छ ।

२५ सदस्यीय कार्यसमितिका लागि ४७ जनाले उम्मेद्वारी दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता जगन्नाथ भण्डारीले जानकारी दिनुभयो । उहाँले सदस्य तर्फ ३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिनुभयो । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर वि.क. र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वाचित हुनुभएको हो ।

यस्तै संघको अध्यक्षमा राजु श्रेष्ठ र सहनलाल प्रधान, वरिष्ठ उपाध्यक्षमा विष्णुप्रसाद कँडेल र चुननारायण श्रेष्ठ, उद्योग तर्फको उपाध्यक्षमा नविन कँडेल र सुमन कुमार श्रेष्ठ, वाणिज्य तर्फको उपाध्यक्षमा बिपेन्द्र रामुदामु (विपिन) र भोजराज कौडाल, वस्तुगत तर्फको उपाध्यक्षमा राजेन्द्र कँडेल र चिरञ्जिवी सुवेदीको उम्मेद्वारी परेको प्रमुख निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

यसैगरि सदस्यमा उद्योग तर्फ दिनेशकुमार राठी, सूर्यमणि पौडेल, दुर्गाप्रसाद गौतम, लिलबहादुर क्षेत्री, इ.कृष्णप्रसाद रिजाल, केपी भण्डारी, रोहितकुमार श्रेष्ठ, अशोक अधिकारी, सिद्धार्थलाल चुके, चन्द्रमणि सापकोटा, सोम प्रसाद काप्री, विनोद पौडेलले उम्मेद्वारी दर्ता गराएका छन् ।

त्यसैगरि वाणिज्य तर्फको सदस्यमा बद्री पौडेल, नारायण काफ्ले, थिरप्रसाद धिताल, विद्यासागर चालिसे, बाबुराम कँडेल, लक्ष्मी रिमाल पौडेल, शंकर प्रसाद घिमिरे, मुना गुरुङ, प्रभात ढुंगाना, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, बलराम भण्डारी, इश्वरी प्रसाद खराल, तारानाथ पाठकले उम्मेद्वारी दर्ता गराएका छन् ।

यस्तै वस्तुगत तर्फको सदस्यमा शिवप्रसाद ओझा, रविन्द्र बराल, दिपक शर्मा पौडेल, विकास थापा, कृष्णप्रसाद काफ्ले र किरण कुमार खनालले उम्मेद्वारी दिएका छन् । यस्तै महिला तर्फको सदस्यमा रजनी मास्के र सुलोचना श्रेष्ठको उम्मेद्वारी परेको छ ।

उम्मेद्वारी फिर्ताको समयमा भोली (विहीबार) विहान ११ बजेसम्म तोकिएको प्रमुख निर्वाचन अधिकृत भण्डारीले जानकारी दिनुभयो ।संघमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुमा उद्योग, वाणिज्य, वस्तुगत कर्पोरेट र क्षेत्रीय संगठित सदस्य तर्फबाट एक/एक जना गरि तीन उपाध्यक्ष, कार्यसमिति सदस्यहरुमा उद्योग तर्फबाट ६ जना, वाणिज्य क्षेत्र तर्फबाट ६ जना, वस्तुगत संगठित सदस्यहरु मध्येबाट ४ जना, महिला उद्यमी व्यवसायी मध्येबाट एक जना पदका लागि निर्वाचन हुन लागेको हो ।