जीवन ज्योतिले स्वर्ण जयन्ती मनाउँदै ।

 

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ स्थित जीवन ज्योति मा.वि. ले ५० वर्ष पुरा भएको अवसरमा आगामी फागुन ८ गतेदेखि ११ गतेसम्म स्वर्ण जयन्ती मनाउने निर्णय गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन बहादुर कुमालको अध्यक्षतामा बसेको व्यवस्थापन समिति शिक्षक स्टाफ र शिक्षक अभिभावक संघको संयुक्त वैठकले सो निर्णय गरेको हो । वि.सं. २०२४ सालमा स्थापना भएको सो विद्यालयमा बालकक्षा देखि १२ कक्षासम्म अध्यापन भैरहेको छ । गोरखा जिल्लामा विद्यार्थी संख्या उच्च रहेको विद्यालयहरुमध्येको एक यस विद्यालयमा हाल ९०० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन । स्वर्ण जयन्ती विशेष रुपमा मनाउनको लागी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मन वहादुर कुमालको अध्यक्षतामा ६५ सदस्यीय मूल आयोजक समिति र अन्य विभिन्न उपसमितिहरु समेत गठन गरेको छ ।