बिष्णु मा.बि ले मनायो स्वर्ण महोत्सब, अध्यक्ष थापा ले भौतिक बिकासको लागि सहयोग गर्ने आश्वासन

तनहुँ पुस २६,
तनहुँ पुस २६, श्री बिष्णु मा.बि बन्दिपुर गाँउपालिका वडा न १ को आज परेको स्वर्ण महोत्सबका अबसरमा साँस्कृतिक साथै पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । २०२४ सालमा स्थापना भएको यो बिद्यालयले आज २०७४ सालमा आफ्नो ५० औं जन्म जयन्ती अर्थात स्वर्ण महोत्सब मनाएको छ। खेलकुद, कक्षागत उत्तिर्ण एवम समाजमा प्रशंशनिय भूमिका खेलेका बिध्यार्थी तथा आभिभाबकहरुलाई प्रमुख अतिथिबाट पुरस्कार बितरण गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि बन्दिपुर गाँउपालिकाका अध्यक्ष श्री पूर्ण सिंह थापा, बिशेष अतिथी बन्दिपुर गाँउपालिका वडा न १ का वडा अध्यक्ष भनुभक्त पोख्रेल, सभापतित्व बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष इनकन खनाल रहनुभएको थियो । कार्यक्रममा अध्यक्ष थापाले शिक्षा आजको मुल आधार भएकोले त्यसै अनुसार हामीले योजना बनाउनु पर्ने कुरा बताउनु भयो साथै बिध्यालयको लागि आबश्यक दरबन्दी र भौतिक बिकासको लागि सहयोग गर्ने बताउनु भयो । बिध्यालयमा कार्यक्रम अबलोकन गर्न भु.पु बिध्यार्थी, शिक्षक, अभिभावक , सस्थापक, शिक्षाबिद तथा स्थानीय बासिन्दाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।कार्यक्रममा बिधालयका प्राध्यापक श्री जमुना थापाले समग्र बिधालयको प्रगति विवरण राख्नु भएकोे थियो। भोली बृहत अभिभावक सहितको समापन कार्यक्रममा प्रतिनीधि सभाका सदस्य कृष्ण कुमार श्रेष्ठ र प्रदेश सभाका सदस्य श्री हरी बहादुर चुमान आउने बिध्यालय ब्यबस्थापन समितीका अध्यक्ष इनकन खनालले जानकारी दिनुभयो ।