दोस्रो गैंडाकोट महोत्सव आजदेखि सुरु, गैंडाकोट औद्योगिक तथा पर्यटकीय क्षेत्र बन्न सक्छः अध्यक्ष राणा

नवलपुर, पुस २७–

दोस्रो गैंडाकोट महोत्सव २०७४ आज (विहीबार)देखि सुरु भएको छ । महोत्सवको उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्घाटन गर्नुभयो ।

“आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ सुरु भएको महोत्सव माघ ८ गते सम्म गैंडाकोटस्थित नारायणी नदी किनारमा चल्नेछ ।

उद्घाटनअघि गैंडाकाट नगरपालिका परिषरबाट महोत्सव स्थल नारायणी नदि किनारसम्म शोभायात्रा निकालिएको थियो । महोत्सवमा पञ्चकन्या, पञ्चेबाजा, हात्ती, उँट लगायत, गैंडाकोट क्षेत्रका विभिन्न संघ संस्थाले आफ्नो भेषभुषा झाँकी र सांस्कृतीक पहिचान झल्कने गरि व्यानर सहित ¥यालीमा सहभागिता जनाएका थिए ।

महोत्सवमा ३२० स्टल रहेका छन् । जसमध्ये ४० वटा प्रवद्र्धनात्मक स्टल रहेका छन् । कृषिका १७ स्टल, स्थानीय सिमान्तकृत वर्गका उत्पादनहरु, अपांगता भएका व्याक्तिहरुका उत्पादन, एकल महिला पैरवी मञ्चका उत्पादनहरु र विभिन्न जातजाती मौलिकता झल्कने घरहरु समेत रहेका छन । १० दिन सम्म चल्ने महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ भने १ दिन कबि गोष्ठि र १ दिन स्मार्ट सिटिका बारेमा सेमिनार समेत हुनेछ । आई.टि र अटो स्टल पनि मेलाका थप आर्कषण रहेका छन् ।

महोत्सवमा प्रवेश शुल्क ५० र विद्यार्थीको हकमा ३० कायम गरिएको छ । महोत्सवका प्रमुख आर्कषणमा स्थानीय उत्पादनका सामाग्री, स्थानीय सांस्कृतिक पहिचान झल्काउने स्टल, ब्यापारिक प्रयोजनका स्टल, अध्ययन अवलोकनका लागि स्टल, खेल उद्यान देखि लिएर अन्तराष्ट्रिय उत्पादनका स्टल समेत रहने छन् ।

गैंडाकोट औद्योगिक तथा पर्यटिक संभावनाको क्षेत्रः अध्यक्ष राणा

नेपाल उद्योग वाणिज्य महासंघकी उपाध्यक्ष भवानी राणाले गैंडाकोट तथा नवलपरासी औद्योगिक तथा पर्यटकिय सम्भावना बोकेको क्षेत्र रहेकोले यसको भविस्य उज्जवल रहेको बताउनुभएको छ ।

दोस्रो गैंडाकोट महोत्सवको समुद्घाटन गर्दै अध्यक्ष राणाले गैंडाकोटको विकास लागि उद्योग वाणिज्य संघले महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो ।

उद्घाटन सत्रमा नवलपरासी दाउन्ने सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले नवलपुरलाई नमुनाका रुपमा चिनाउन उद्योग बाणिज्य संघले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले नवलपुर नयाँ संरचनाको रुपमा उदाईरहँदा यहाँको स्रोत र साधन प्रयोग गरेर यसको उचाई बढाउन सकिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैंडाकोटको गरिमाको रुपमा रहेको यस महोत्सवले गैंडाकोटको वास्तविक पहिचान दिलाउने बताउनुभयो । कार्यक्रममा गैंडाकोट नगरपालिकाकी उप–प्रमुख विष्णुकुमारी कँडेलले महोत्सवको सफलताको शुभकामना व्यक्त गर्दै महोत्सवको गैंडाकोटको शान रहेको बताउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघका पूर्व उपाध्यक्ष किशोर प्रधान, समाजसेवी तिलक सापकोटा, यमुनाथ आचार्य, सहकारीको तर्फबाट खेमराज सापकोटालगायतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्वागत गर्दै उद्योग बाणिज्य संघ गैंडाकोटका उपाध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक दिपक सापकोटाले महोत्सवलाई सफल बनाउनका लागी सबैलाई रचनात्मक सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

उद्योग बाणिज्य संघ गैंडाकोटका अध्यक्ष अृमत भट्टचनको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । उद्घाटन समारोहको समापन गर्दे उहाँले गैंडाकोट महोत्सवलाई निरन्तरता दिने बताउनुभयो ।