सभासद कृष्ण कुमार श्रेष्ठले आफ्नो सम्पूर्ण तलब भत्ता स्थानिय बिकास निर्माणमा खर्च गर्ने घोषणा

तनहुँ, पुस २७-

तनहुँ क्षेत्र न १ का प्रतिनिधि सभाका सभासद कृष्ण कुमार श्रेष्ठले आफ्नो सम्पूर्ण तलब भत्ता स्थानिय बिकास निर्माणमा खर्च गर्ने घोषणा गर्नु भएको छ।

स्थानिय बिष्णु मा बि को स्वर्ण महोत्सब लाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सभासद श्रेष्ठले बिगत २५ बर्ष देखी हुन नसकेको स्थानिय सम्पूर्ण बिकास लाई टेवा पुर्याउन कोशे ढुङ्गाको रुपमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । साथै उहाले आफ्नो कार्यकाल भरी जनताको मन छुने गरी काम नगरे अहिले तपाईंहरुले लगाउनु भएको फुलको मालाको साटो कालो मुसो लगाएर पठाउन पनि भन्नु भयो । बिगतमा लामो समय जिल्लाको ठुलानेताले जनताको जीबन स्तर उकास्ने खासै काम गर्न नसकेको उदाहरण दिदै पृथ्वि राजमार्गको बिचमा रहेको बिध्यालय भएर पनि माध्यमिक दरबन्दी नहुनु दुखद भएको भन्दै सपथ लिने बित्तीकै बिध्यालय दरबन्दी दिने बताउनु भयो । उक्त स्वर्ण महोत्सबमा प्रदेश सभाका सभासद हरी बहादुर चुमानले प्रदेश सरकार बन्दा मेरो महत्वपूर्ण जिम्मेबारी आउने र त्यस अवस्थामा बिकासको कामलाई पहिलो स्थान दिने कुरा ब्यक्त गर्नु भयो।

कार्यक्रममा पूर्व भुमी सुधार मन्त्री भिम प्रसाद गौतमको पनि सहभागिता रहेको उक्त स्वर्ण महोत्सबमा बिध्यार्थीहरुले सास्कृतिक नृत्य प्रस्तुत गरेका थिए। स्वर्ण महोत्सबमा पूर्व बिध्यार्थी मन्चको तर्फबाट रक्त दान कार्यक्रम राखिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि कृष्ण कुमार श्रेष्ठले विध्यालयलाई सहयोग गर्ने संस्थापक, जग्गा दाता, सम्पूर्ण सहयोगी हरुलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो ।