चौथो छपेली कप सेभेन ए साईड खुल्ला नकआउट फूटबल प्रतियोगितामा आज(बीहीबार) पाँच खेल सम्पन्न

तनहुँ पुस, २७-

पुस २५ बाट सुरु चौथो छपेली कप सेभेन ए साईड खुल्ला नकआउट फूटबल प्रतियोगितामा आज(बीहीबार) पाँच खेल सम्पन्न भएको छ । पहिलो खेलमा छपेली सास्कृतिक युवा क्लब डि लाई १-० गोल अन्तरले पराजित गर्दै सिजन युवा क्लब बिजयी भएको छ। प्रतियोगितामा सिजन युवा क्लबका श्री कृष्ण राना म्यान अफ द म्याच घोषित भएका छन्। त्यस्तैे दोस्रो खेलमा खेलमा मिलन युवा समाज लाई १-० गोल अन्तरले पराजित गर्दै सामना युवा क्लब बिजयी भएको छ। प्रतियोगितामा सामना युवा क्लबका बिशाल श्रेष्ठ म्यान अफ द म्याच घोषित भएका छन्। यसैबीच तेस्रो खेलमा धमेली कुवा युवा क्लबको अनुपस्थीतीका कारण छपेली सास्कृतिक युवा क्लब सि वाक ओभर पाएर स्वत बिजयी घोषित भएको छ। त्यस्तै चौथो खेलमा बिरुवाटार युवा क्लब लाई ट्राईबेकरमा २-० गोल अन्तरले पराजित गर्दै नमुना युवा क्लब बिजयी भयको छ। प्रतियोगितामा नमुना युवा क्लबका बिशाल थापा म्यान अफ द म्याच घोषित भएका छन्। प्रतियोगिताको पाँचौ तथा अन्तिम खेलमा चन्डी युवा क्लब सालबिस्ने लाई ४-२ गोल अन्तरले पराजित गर्दै अजम्बरी युवा क्लब बिजयी भयको छ भने प्रतियोगितामा अजम्बरी युवा क्लबका सन्तोष थापा म्यान अफ द म्याच घोषित भएका छन्।

माघ १ गते सम्म चल्ने फुटबल प्रतियोगिताको बिजेताले नगद ५१ हजार रुपैंया र उपबिजेताले नगद ३१ हजार रुपैंया प्राप्त गर्नेछन । प्रतियोगितामा २६ टिमको सहभागिता रहेको क्लबका अध्यक्ष दल सिंह थापाले बन्दिपुर टाईम्सलाई जानकारी दिनुभएको छ ।