पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा चितवन साहित्य परिषद् र स्वतन्त्र विचार समाजले गर्‍यो अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम

चितवन, पुस २७-

आधुनिक नेपाल निर्माणमा पृथ्वी नारायण शाहको उच्च योगदान रहेकोबारे आज नारायणगढमा चर्चा गरिएको छ । २९६ औं पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा चितवन साहित्य परिषद् र स्वतन्त्र विचार समाजको संयुक्त आयोजनामा आयोजित अन्तरक्रिया तथा कविता वाचन कार्यक्रमका बक्ता तथा कविहरूले शाहको योगदानबारे चर्चा गरेका थिए । विचार समाजका अध्यक्ष दिल बहादुर बोगटीको अध्यक्षता तथा प्रेम विनोद नन्दनको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रा डा देवीप्रसाद कंडेलले कार्यपत्र पेश गर्नु भएको थियो भने कंडेलको कार्यपत्र माथि प्रा राजेन्द्र रेग्मीले टिप्पणी पेश गर्नु भएको थियो ।

सुदीप वाग्लेले सञ्चालन गर्नु भएको कार्यक्रममा साहित्यकारहरू एल बि क्षेत्री, धनराज गिरी, लालनाथ सुवेदी, बालकृष्ण थपलिया, कृष्णमणि पहारी, जगन्नाथ पण्डित, राजेन्द्र घायल, रेशमलाल श्रेष्ठ , निलराज पन्त, वैजनाथ देवकोटा, भीमप्रसाद खतिवडा, ऋषिराम घिमिरे , मनीष गौतम, उर्मिला कोइराला, महेन्द्र अधिकारी लगायतले राष्ट्रिय भावले ओतप्रोत भएका कविता वाचन गर्नु भएको थियो ।