स्थानीय महिला समूहलाई ७ लाख पर्ने ४ आना जग्गा प्रदान

तनहुँ, पुस २८-
तनहुँको बन्दिपुर ५ याम्पाफाँटका एक दम्पत्तीले स्थानीय महिला समूहलाई याम्पाफाँटमा रहेको आफ्नो नाउँमा रहेको करिब ७ लाख पर्ने ४ आना जग्गा प्रदान गर्नु भएको छ ।
प्रगति महिला समूहको भवन निर्माणको लागि भन्दै पशुपति पन्तले दिवंगत सासु–ससुरा तथा श्रीमति सुमित्रा नहर्की पन्तले आफ्ना आमा–बुबा छविलाल नहर्की र सरस्वती नहर्कीको स्मृतिमा उक्त जग्गा प्रदान गर्नु भएको महिला समूहकी सचीव विमला पन्थले जानकारी दिनुभयो । भवनका लागि जग्गा प्राप्त भएपछि समूहलाई उत्साह मिलेको र आगामी दिनमा पनि भवन निर्माणका लागि समेत यस्तै सहयोगी हातहरुको सहयोग रहने अपेक्षा रहेको समूहकी अध्यक्ष रीता तिवारीले बताउनु भयो ।
महिला समूहले आगामी दिनमा समेत सामाजिक कार्यमा अग्रशर हुने बताईएको छ ।