बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि भरतपुर ८ काे अाठाैं बार्षिक साधारणसभा सम्पन्न

चितवन पुस, २८

बिसहजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भरतपुर ८ काे अाठाैं बार्षिक साधारणसभा अाज सम्पन्न भएकाे छ । सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय चितवनका प्राचार्य रामभक्त रानाभाटकाे प्रमुख अातिथ्यतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्वर ८ का वडाध्यक्ष दामाेदर न्याैपाने तथा भरतपुर महानगरपालिका वडा नम्वर ६ का वडाध्यक्ष हरिविलास काेईराला बिशिष्ठ अतिथि रहनु भएकाे थियाे । कार्यक्रममा संस्थाकि अध्यक्ष क्षेत्र कुमारि पाण्डेले संस्थाकाे प्रगति प्रतिवेदन,काेषाध्यक्ष ऋषिमाया पाैडेलले अार्थिक प्रतिवेदन , लेखा संयाेजक रूमा पाैडेलले लेखा प्रतिवेदन तथा व्यवस्थापक पार्वती के सि ले संस्थाकाे अाय ब्यय प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रममा ८ जना ७० बर्ष उमेर पुगेका महिला सदस्यहरू,शेयर सदस्यका छाेराछाेरि मध्ये सामुदायिक विद्यालयतर्फ उत्कृष्ट अंक ल्याएर एस इ इ परिक्षा उत्तिर्ण गर्ने ३ जना,१ जना असलकाराेवारी,२ वटा असल समूह,सहकारी पसलमा नगद काराेवार गर्ने १ जना,असल ऋणी १ जना लगायतलाई सम्मान गरिएकाे थियाे । संस्थाकि उपाध्यक्ष शैलजा पाैडेल घिमिरेले सञ्चालन गर्नुभएकाे कार्यक्रम संस्थाकि सचिव सकुन्तला देवकाेटाकाे स्वागत तथा अध्यक्ष क्षेत्र कुमारी पाण्डेकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।