धुव्रतारा युवा क्लबले पुस २७ गते रक्तदान कार्यक्रम गर्ने

बन्दीपुर गाउँपालिका १ नाहाल स्थित धुव्रतारा युवा क्लबले पुस २७ गते रक्तदान कार्यक्रम गर्ने भएको छ । स्थानीय विष्णु माविको स्वर्ण महोत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम गर्ने निर्णय भएको क्बलका अध्यक्ष उत्तम नैनावस्तीले जानकारी दिनु भयो । रक्तदानमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन क्लबले सबैलाई आग्रह गरेको छ ।